कोशीमा नयाँ सरकार गठनविरुद्धको रिट सर्वोच्चमा दर्ता

सफल खबर संवाददाता

विहीबार, २७ बैशाख २०८१, १५ : ०३
कोशीमा नयाँ सरकार गठनविरुद्धको रिट सर्वोच्चमा दर्ता

काठमाडौँ । कोशी प्रदेशमा नयाँ सरकार गठनविरुद्ध परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्चले बिहीबार दिउँसो दर्ता गरेको हो ।

रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् । उता कार्कीको सर्वोच्चमा रिट दर्ता हुँदा कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कुमार कार्की नियुक्त भइसकेका छन् ।