काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पुराना परीक्षाको नतिजा असारभित्र प्रकाशित गर्ने भएको छ । केही विषयमा परीक्षा भएर पनि लामो समयदेखि नतिजा प्रकाशन हुन नसकेको अवस्थामा त्रिविले असार मसान्तभित्रमा सबै नतिजा प्रकाशित गरिसक्ने बताएको हो ।
त्रिविका रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले पुरानो नतिजा असारभित्र प्रकाशित गर्नेगरी तयारी गरिएको बताए ।‘हामी आइसकेपछि पुराना नतिजाहरू के कति बाकी छ, त्यसको रिपोर्ट लिइरहेका छौँ ।
पुराना सबै नतिजा असारभित्र प्रकाशित गर्ने गरी तयारी गरेका छौँ । ढिलोमा असारभित्र पुरानो परीक्षाको नतिजा प्रकाशित हुन्छ,’ रजिस्ट्रार रिजालले भने ।
त्रिविले एक वर्ष भन्दा बढी समय भइसक्दा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । कर्मचारीको अभावमा नतिजा प्रकाशन गर्नमा ढिलाइ भइरहेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ बैशाख २०८१, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपकुलपति बरालको राजीनामा प्रधानमन्त्रीलाई पेस गरिने
उपत्यकाका आंगिक क्याम्पसमा स्ववियु निर्वाचनको मत परिमाण सार्वजनिक
कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको अनुरोध
भारतको किट विश्वविद्यालयबाट फर्केका विद्यार्थी त्रिविमा भर्ना हुन सक्ने
त्रिभुवन विश्वविद्यालयद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान
त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचन सर्यो