एमाले रसुवाको अध्यक्ष ढकाल सर्वसम्मत

सफल खबर संवाददाता

मंगलबार, २५ बैशाख २०८१, १० : ४८
एमाले रसुवाको अध्यक्ष ढकाल सर्वसम्मत

रसुवा । नेकपा एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार भएको नवौँ जिल्ला अधिवेशनबाट ढकालको अध्यक्षतामा ८० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो ।

अध्यक्ष चुनिएका ढकाल यसअघि जिल्ला कमिटीमा सचिवका रुपमा कार्यरत थिए ।  अधिवेशनले जिल्ला कमिटीको उपाध्यक्षमा कैसाङ नुर्पु तामाङ, सचिवमा पेम्बा लामा, उपसचिवमा सुकबहादुर तामाङ र चमेली गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले समुद्घाटन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस