पोखरा । मुख्यमन्त्री खगराज अधिकारीले आज मन्त्रिमण्डल विस्तार गरेका छन् । विश्वासको मत लिएको भोलिपल्टै उनले मन्त्रिमण्डल विस्तार गरेका हुन् ।मुख्यमन्त्री अधिकारीले एमालेबाट दुई मन्त्री थप गरेका हुन् । अधिकारीले यसअघि आफू पहिलोपटक मुख्यमन्त्री बन्दा मन्त्री बनेका दुवैजनालाई दोहोर्याएका छन् । कास्कीका वेदबहादुर गुरुङ र स्याङ्जाकी सीता सुन्दास मन्त्री नियुक्त भएका हुन् ।
गुरुङले ऊर्जा र सुन्दासले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । गुरुङ यसअघि कृषि र सुन्दास अर्थमन्त्री थिइन् । सभामुख कृष्णप्रसाद धितालले ३० मत पाएका मुख्यमन्त्री अधिकारीलाई बहुमत पाएको घोषणा गरेका थिए ।
यसअघि नेकपा माओवादी केन्द्रबाट हरिबहादुर चुमान अर्थमन्त्री र राजीव गुरुङ (दीपक मनाङे) भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री नियुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ बैशाख २०८१, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकी सरकारविरुद्धको रिटमा आज पेसी
गण्डकीमा नवनियुक्त मन्त्रीले लिए शपथ
गण्डकीका मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने
गण्डकीमा संसद बैठक बहिस्कार गर्ने कांग्रेसको निर्णय
मुख्यमन्त्री नियुक्ती प्रकृया असंवैधानिक भन्दै कांग्रेसले प्रदेश प्रमुखलाई बुझायो पत्र
गण्डकीको बाह्र सय हेक्टरमा डढेलो