मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन माओवादीमा पनि अलमल

सफल खबर संवाददाता

शुक्रबार, २१ बैशाख २०८१, ११ : ०३
मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन माओवादीमा पनि अलमल

धनगढी । मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिनेबारे नेकपा माओवादी केन्द्र अलमलमा परेको छ । विश्वासको मतको लागि आज साँझ बोलाएको प्रदेशसभा बैठक बस्ने सत्तारुढ दलभित्रै अनिश्चिय देखिएपछि माओवादी केन्द्र मलमलमा परेको हो ।

माओवादी संसदीय दलका उपनेता अक्कल रावलले प्रदेशसभाको बैठक नै अनिश्चित रहेको भन्दै दलको बैठक समेत बस्न नसकेको बताए ।  यहाँ नेकपा एमालेले आज तोकिएको बैठकमा विश्वासको मत दिन नसक्ने अडान लिएपछि संसद बैठक अनिश्चित बनेको छ ।

प्रतिक्रिया दिनुहोस