काठमाडौँ । काठमाडौँसहित देशका एक दर्जन स्थानमा आगलागी हुँदा करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ ।काठमाडौँ, टोखा नगरपालिका-२ पञ्चेटारस्थित अमर तामाङको अप्सरा फर्निचरमा गएराति आगलागी हुँदा फर्निचरभित्र रहेका विभिन्न फर्निचरहरू र ना.३ च ६५९८ नम्बरको बोलेरो गाडी समेत जलेर करिब ६० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
गुल्मी, गुल्मीदरबार गाउँपालिका-५ डाँडापोखरीस्थित खरबारी तथा जंगलमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही गाउँपालिका-५ ढकालटोल बस्ने रविन ढकालको घर, गोठ र रिता ढकालको गोठमा समेत आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।
यसैगरी गुल्मी, ईश्मा गाउँपालिका-१ अमलेचौरस्थित खाल सामुदायिक वनमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने पवन अधिकारीको घरमा समेत आगलागी हुँदा घर, घर नजिकै रहेको बङ्गालो, चौपाया जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।
रामेछाप, मन्थली नगरपालिका-११ गेलु काउलेस्थित बझेपाखामा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ४६ वर्षीय कर्ण बहादुर लामाको घर र २ वटा गोठमा समेत आगलागी हुँदा भाँडावर्तन, लत्ताकपडा, अन्नपात, काठपात र २ वटा गोठ पूर्ण रूपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै आगो निभाउने क्रममा घाइते भएका २ जनालाई उपचारको लागि मन्थली अस्पतालतर्फ पठाइएको छ ।
स्याङ्जा, चापाकोट नगरपालिका-१ मैदानस्थित संपास सामुदायिक जंगलमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ३ जनाको ३ वटा घर र ३ वटा गोठमा सोमबार साँझ आगलागी हुँदा करिब ४३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
उदयपुर, लिम्चुङबुङ गाउँपालिका-५ हिम्मास्थित साकेला सामुदायिक वनमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ४ जनाको ३ वटा घर र ३ वटा गोठमा समेत आगलागी हुँदा करिब ३५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी उदयपुर, रौतामाई गाउँपालिका- ३ लाफागाउँ बस्ने ईन्द्र बहादुर बुढाथोकीको २ वटा घरमा सोमबार दिउँसो आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
पाल्पा, रैनादेवी छहरा गाउँपालिका-४ सल्लेधारास्थित जंगलमा सोमबार बेलुकी लागेको आगो फैलिएर सोही ठाउँस्थित ३ वटा घर र ५ वटा गोठ जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।
रौतहट, दुर्गाभगवती गाउँपालिका-५ वर्डहवा गाउँ बाग्मती पारी बस्ने सत्रुधन बैठा धोवीको घरमा सोमबार बेलुकी लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ४ जनाको ४ वटा घर पूर्णरूपमा जलेर करिब ९ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-८ भगतपुरवा बस्ने मुकई यादवको घरमा सोमबार दिउँसो लागेको आगो फैलिएर सँगै जोडिएको २ वटा कच्ची झुपडी र लु.२ च ४०३३ नम्बरको ट्याक्टर समेत जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सप्तरी, खडक नगरपालिका-४ अमहा टोल बस्ने ५२ वर्षीय मोहम्मद अतिफ मियाँको घरमा विद्युत् सर्ट भई गएराति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
धनकुटा, साँगुरिगढि गाउँपालिका-६ चारखोलेस्थित सडकमा भारतबाट संखुवासभातर्फ अरूण थर्ड जल विद्युतको सामान बोकी जाँदै गरेको ना.७ ख ७९२४ नम्बरको ट्रकमा मंगलबार बिहान आगलागी हुँदा ट्रक पूर्णरूपमा जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ बैशाख २०८१, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा परेर एक जनाको मृत्यु
उदयपुरमा आगलागी, पाँच लाखको क्षति
छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मेडिकल कलेजको एसएनसीयूमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु
अस्ट्रेलियाको मेलबर्नमा आगलागीमा परेर नेपाली युवाको मृत्यु