काठमाडौं । इलाम- २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन् ।
सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बुले ५०५० मत प्राप्त गरेका छन् ।
कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो, जसमा ६८ हजार ४७२ मत सदर भएको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ बैशाख २०८१, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इलामको योजना सूची लिएर सुहाङ अर्थ मन्त्रालयमा
सुहाङले लिए प्रतिनिधिसभा सदस्यको शपथ
इलाम-२ मा एमालेका सुहाङ नेम्वाङले लिए अग्रता
उम्मेदवार बनेपनि सुहाङ नेम्वाङको बकपत्र - यसकारण चुनावमा हाेमिन तयार भएँ
इलामका जनताको भावना जित्छु: सुहाङ नेम्वाङ
सुहाङ नेम्वाङ एमालेको कानून विभागको सदस्यमा मनोनीत