काठमाडौँ। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रालयहरू मन्त्रीविहीन रहे पनि कुनै काम नरोकिएको दाबी गरेका छन् ।
सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री कँडेलले यो बिचमा ठुलै नीतिगत निर्णय गर्नुपर्ने कुनै काम नरहेको र मन्त्रालयबाट हुने कामहरू निरन्तर भइरहेको प्रस्ट पारेका हुन् ।
चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भए पनि उनले अहिलेसम्म सरकार विस्तार गर्न सकिरहेका छैनन् । केही मन्त्रालय फागुन २२ देखिनै मन्त्रीविहीन अवस्थामा छन् ।अहिले सबै मन्त्रालयको जिम्मेवारी कँडेल आफैँले सम्हालिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ बैशाख २०८१, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीको पर्यटनमा लगानी गर्न व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ
कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेश सभामा रिक्त संसदीय समितिले पायो पूर्णता
कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवको जिम्मा उपाध्यायलाई