काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ ।पाल्पा, तिनाउ गाउँपालिका-२ छिसखोलास्थित सडकमा लु.२ ख ८७४ नम्बरको टिपरले लु.१७ प १५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिई शनिबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक रैनादेबी छहरा गाउँपालिका-६ बस्ने ४३ वर्षीय जग बहादुर बलालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर, पुनर्वास नगरपालिका-१० दोदास्थित सडकमा आइसक्रिम बेच्ने साइकल अनियन्त्रित भई सडकबाट करिब ६ फिट तल खसेर शनिबार बेलुकी दुर्घटना हुँदा साइकल चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने ३० वर्षीय नारद रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उनको मृत्यु भएको हो ।
रामेछाप, मन्थली नगरपालिका-१ हाटेचौरस्थित सडकमा मन्थलीबाट तिनलालपार्कतर्फ जाँदै गरेको बा.७२ प ९१७२ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ बस्ने ३५ वर्षीया सरस्वती माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मन्थली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
गुल्मी, सत्यवती गाउँपालिका-४ मौरीओडारस्थित सडकमा रूद्रवेणीबाट लिम्घातर्फ जाँदै गरेको लु.१ च ४३२० नम्बरको पिकअप गाडी सडकबाट करिब ४० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा पिकअपमा सवार सोही गाउँपालिका-४ बस्ने ७५ वर्षीय मन बहादुर फुम्जालीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र जोहाङमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका पिकअपमा सवार ३ जनालाई मिसन अस्पताल पाल्पा र ५ जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र जोहाङ पठाइएको छ भने ३ जना उपचार पश्चात् डिस्चार्ज भएका छन् । पिकअप चालकलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ बैशाख २०८१, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विभिन्न जिल्लामा सवारी दुर्घटनामा परेर ४ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
ब्राजिलमा भीषण सवारी दुर्घटना, बसमा आगलागी हुँदा ३८ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
विभिन्न स्थानमा भएका दुर्घटनामा पाँच जनाको मृत्यु
सवारी दुर्घटनामा तीन जनाको मृत्यु