काठमाडौँको ठुलो भर्‍याङबाट नक्कली परीक्षार्थी पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १४ बैशाख २०८१, १० : २८
काठमाडौँको ठुलो भर्‍याङबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ । काठमाडौँको ठुलो भर्‍याङ स्थित रेन्बो इन्टरनेशनल कलेजबाट प्रहरीले नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।शुक्रबारबाट सुर भएको कक्षा १२ को परीक्षामा अर्काको नाममा परीक्षा दिन गएका आदेश जंग शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

शान्ति विद्यागृह ठहिटीमा अध्ययनरत टंक बहादुर घर्तीको नाममा २३ वर्षीय आदेश परीक्षा दिन सो केन्द्र पुगेका हुन् । परीक्षा दिइरहेको अवस्थामा उनलाई पक्राउ गरेर प्रहरी वृत्त स्वयम्भुले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस