काठमाडौं। नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन् ।त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा पौडेलले थानीलाई स्वागत गरेका हुन् ।
थानीलाई स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसहितका उच्च अधिकारी एयरपोर्ट पुगेका थिए ।अति विशिष्ट कक्षमा २१ तोपको सलामी दिएर थानीलाई स्वागत र सम्मान गरिएको छ ।
आजै थानीले राष्ट्रपति पौडेलसँग औपचारिक भेट गर्नेछन् ।उनको सम्मानमा आजै राष्ट्रपति पौडेलले आजै राजकीय भोजको आयोजना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ बैशाख २०८१, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले गरे निर्माणाधीन 'फास्ट ट्रयाक'को निरीक्षण
सुशासन, विकास र शान्ति नेपालीको अभीष्ट होः राष्ट्रपति
मानव सेवाभन्दा ठूलो अरु कुनै धर्म छैन : राष्ट्रपति पौडेल
राष्ट्रपतिको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट
नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत हो : राष्ट्रपति पौडेल