धुलिखेल (काभ्रेपलाञ्चोक)। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले माओवादी आन्दोलनको यात्रा जारी रहेको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) काभ्रेपलाञ्चोक जिल्ला कमिटीको आइतबार नवौँ पूर्ण बैठकमा उनले माओवादी पार्टीमात्रै नभएर विचारसहितको आन्दोलन पनि भएकाले निराश नभएर निरन्तर पार्टी र आन्दोलनमा लाग्न आग्रह गरे ।
सबै कुराको निर्धारण विचार र सिद्धान्तले गर्ने भएकाले पार्टी जति बिगिँदै गए पनि आन्दोलनको यात्रा नरोकिने उनको भनाइ छ । “विचार र सिद्धान्तलाई सामान्य र कमजोर नठान्न सबैलाई विनम्र आग्रह छ, राम्रो नीति, योजना, कार्यदिशा र सिद्धान्त भयो भने अगाडि बढ्न कुनै अप्ठ्यारो छैन, त्यो तागत माओवादी पार्टीभित्र छ”, उनले भने ।
राजनीतिलाई कमजोर रूपमा नलिन र सामान्य ढङ्गले नसोच्न आग्रह गर्नै उनले सबै चिजको निर्धारण त्यसैले गर्ने भएकाले राजनीतिलाई अझ गहिराइमा पुगेर बुझ्न सबै नेता, कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । जनताले अझै पनि माओवादी पार्टीप्रति नै बढी विश्वास गरेको भए पनि २०५७ सालदेखि माओवादी पार्टीभित्र विचारको संश्लेशण गर्ने परिपाटी छोड्दै गएकाले पार्टी पछि पर्दै गएको उनको भनाइ छ ।
“हामीले माथिमात्रै हेर्ने, विश्वास गर्ने र त्यसैमा रमाउने मात्रै गरिरह्यौँ”, “त्यसबाट मुक्त हुँदै पार्टीको जग भनेको नै आधारभूत वर्ग किसान, मजदुर, पिछडिएको वर्ग र समुदायलाई बुझ्ने कामलाई गम्भीरतापूर्वक लिन आवश्यक छ ।”
पार्टीलाई अझ गति पैदा गराउन राजीतिक खोज, अनुसन्धान र विश्लेषणलाई महत्वका साथ लिएर नयाँ योजना बनाएर अगाडि बढिरहेको उल्लेख गर्दै उनले आम नेता, कार्यकर्ताले पनि आफूलाई रुपान्तरण गर्दै बदल्न आफैँलाई चिन्नका लागि सोच्नसमेत आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० बैशाख २०८१, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको छ : उपाध्यक्ष सापकोटा