भरतपुर । भरतपुर महानगरपालिकाले कानुनी सचेतना तालिम दिन शुरु गरेको छ। आफ्ना प्रत्येक वडाका नागरिकहरुलाइ वडा सदस्यहरु मार्फत न्यायको पहुँच,न्याय सम्पादन र न्यायीक अधिकारका सवालमा सबल र सक्षम बनाउने उदेश्यले महानगरपालिकाले २९ वटै वडाका वडा सदस्यहरुलाइ दुइ दिवसिय कानुनी सचेतना तालिम दिन शुरु गरेको हो। तालिमलाइ दुई चरणमा बिभाजन गरि दिन शुरु गरिएको छ । वडा नम्बर १ देखि १५ सम्मका वडा सदस्यहरुलाइ आज पहिलो दिन आइतबार र १६ देखि २९ सम्मका वडा सदस्यहरुलाइ भोलि सोमबार तालिम दिइने कानुनी मामिला शाखाका प्रमुख सुरजराज पौडेलले जानकारी दिए।
तालिम उद्वघाटन गर्दै नगर उप प्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले न्यायमा पहुँच महङ्गो छैन भन्ने मान्यता स्थापित गरेको धारणा राखे । न्याय मरेको छैन र मर्न दिइने पनि छैन भन्नका लागि यस्ता खालका तालिम अर्थपूर्ण हुनेछन् ।
महानगरको न्यायिक समिति संयोजक समेत रहेका अधिकारीले स्थानीय सरकारको क्षेत्राधिकारभित्रका विवादलाई मेलमिलापका माध्यमबाट व्यवस्थापन गर्न सकिने तथ्य पनि स्थापित भएको धारणा राखे ।
‘स्थानीय सरकारलाई दिएका न्यायिक निरुपणका अधिकार हामीले वडा तहमा लगेका छौँ । वडा तहमा रहेको मेलमिलाप केन्द्रले यी अधिकारहरुको प्रयोग गरिरहेका छन् उनले भने ।
स्थानीय विवाद निरुपणका लागि न्यायिक समितिसँगै मेलमिलापकर्ताको संयुक्त प्रयास हुनु आबश्यक छ उप प्रमुख अधिकारीको भनाइ छ । ‘ठाउँ, भूगोल, सामाजिक तथा सांस्कृतिक अवस्थाअनुसार विवादका प्रकृति फरक हुन सक्छन् । विवादका प्रकृति फरक भए पनि मेलमिलाप गराउने पद्धति साझा हुन सक्छ ।
विवादलाई सिर्जना भएकै विन्दुमा निरुपण गर्न वडास्तरीय संयन्त्रभन्दा अर्को प्रभावकारी संयन्त्र नभएको उल्लेख गर्दै हाम्रो महानगरपालिका वडामै विवाद समाधान गर्ने सम्भवत पहिलो पालिका हो । यसकारण केन्द्रमा र जिल्ला अदालतमा कम मुद्दा पुग्ने गरेका छन् । न्यायिक विकेन्द्रीकरणको यो नमूना योग्य कदम हो ।
‘प्राकृतिक न्यायको सिद्धान्त’, ‘विवाद समाधानमा स्वच्छ सुनुवाईको सिद्धान्त’, ‘न्याय ढिला हुनु हुँदैन र हतारमा अङ्ग नपुगी पनि गर्नु हुँदैन’ र ‘ढिलो न्याय दिनु न्याय नदिनु सरह हो उनको तर्क रहेको थियोे ।
तालीममा आज भरतपुर महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले स्थानीय तहका जनप्रतिनिधिहरुको सेवा सुविधाका सम्बन्धमा प्रशिक्षण दिनुहुनेछ । त्यस्तै शाखा अधिकृत राजन सापकोटाले वडा सदस्यहरुको काम,कर्तव्य र अधिकारका सम्बन्धमा प्रशिक्षण दिनेछन। अर्का प्रशिक्षण मेलमिलाप बिज्ञ बन्धुराज पौडेलले स्थानीय जनप्रतिनिधिहरुको न्याय सम्पादन सम्बन्धी ब्यबस्था,महानगरका कानुनी सल्लाहकार गोपिलाल देवकोटाले कानुनको परिचय,समसामयिक कानुनहरुको बारेमा जानकारी र जनप्रतिनिधिहरुको आचारसंहिताका सम्बन्धमा प्रशिक्षण दिनेछन ।
उद्वघाटन कार्यक्रममा कार्यपालिका सदस्य गोपाल दराइ,बिष्णु बहादुर भुजेल,सामान्य प्रशासन शाखा प्रमुख उपेन्द्रराज पौड्याल लगाएतको सहभागिता रहेको थियोे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ बैशाख २०८१, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर पानी ढलमा नमिसाउन व्यवसायीलाई भरतपुर महानगरको अनुरोध
भरतपुर महानगरपालिका र कालिकोट पचालझरना गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम
६ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न भरतपुर महानगरको सिफारिस
विक्रमबाबा मेलाको व्यवस्थापन भरतपुर महानगरले गर्ने
भरतपुरको विकासमा प्रधानमन्त्रीको भूमिकाको जति प्रशंसा गरे पनि कम हुन्छ : रेनु दाहाल
भरतपुर भ्रमण बर्ष २०२४ को तयारी तीव्र: प्रधानमन्त्रीले उद्घाटन गर्ने, सातै प्रदेशका मुख्यमन्त्रीलाई आमन्त्रण