काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक गोदावरीको सनराईज हलमा जारी छ । उक्त बैठकमा देशभरका नेकपा एमालेका महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरू, केन्द्रीय कमिटी सदस्यहरू,केन्द्रीय निकायमा मनोनयन गरेका परिषद् सदस्य तथा केन्द्रीय पदाधिकारी गरी २ हजार ५४५ जना सहभागी छन् ।
परिषद् बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश गरेर समूहगत छलफल जारी छ ।
राष्ट्रिय महाधिवेशन र विधान अधिवेशनपछिको शक्तिशाली कार्यक्रम मानिने परिषद् बैठकमा एमाले नेता भीम रावल भने सहभागी भएनन् । रावल सहभागी नहुनमा अनिच्छा भएर भने होइन । उनलाई कार्यक्रमबारे पार्टी कमिटीले कुनै औपचारिक जानकारी समेत गराएन ।
पार्टी कमिटीले औपचारिक जानकारी नगराएपनि रावल उक्त बैठकमा सहभागी हुन चाहन्थे । त्यसैले उनले गोदावरी बैठकमा सहभागीताका लागि व्यवस्था गरिएको परिचय पत्रबारे सोधखोज गरे । सोधखोजका क्रममा प्रवेशका लागि गरिएको परिचयपत्र नै नबनेको पाएपछि आफू नगएको रावलले बताए ।
‘प्रवेशका लागि मेरो परिचयपत्र नै बनाइएको रहेनछ । परिचयपत्र नै नबनाएपछि ढोकामा गएर प्रवेशका लागि अनुनय विनय गर्न मैले उचित ठानिनँ’, रावलको भनाइ छ ।
गत २०७८ मङ्सिरमा भएको दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा ओलीको इच्छाविपरित रावलले अध्यक्षमा उम्मेदवारी दिएका थिए । त्यसयता अध्यक्ष ओली रावलप्रति सकारात्मक छैनन् । गएको निर्वाचनमा समेत रावललाई जिल्ला र प्रदेशबाट उम्मेदवार सिफारिस हुँदा ओलीली टिकट दिएका थिएनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ बैशाख २०८१, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावलले धनगढीमा माघ २६ गते मातृभूमि जागरण भेला गर्दै
भीम रावलले टुंग्याए पार्टीको नाम
भीम रावलको अभियानलाई शुभकामनासहित झलनाथको दिए तीन बुँदे सुझाव
दोस्रो जनआन्दोलनमा गणतन्त्र ल्याउने एजेन्डा थिएन : भीम रावल
सुनसरीमा तय भएको कार्यक्रम रोकिएपछि बाटोबाटै फर्किए भीम रावल
भीम रावललाई स्वागत गर्न नेकपा एस र दुर्गा प्रसाईँका कार्यकर्ता विमानस्थलमा