काठमाडौं। नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्को पहिलो बैठक ललितपुरको गोदावरीमा शुरू भएको छ । गोदावरीस्थित सनराइज सभाहलमा अध्यक्ष केपी शर्मा ओलीले परिषद्को बैठकको उद्घाटन गरेका छन् । बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने एमालेले जनाएको छ।
बैठकमा महाधिवेशन परिषद् सदस्य दुई हजार ७३ र तीन सय ८१ जना गरी कूल दुई हजार चार सय ५४ जना सहभागी हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने छन् ।
बैठकमा आइतबार प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
एमालेले प्रतिनिधि परिषद् बैठकबाट समसामयिक विषयमा राजनीतिक दृष्टिकोण सार्वजनिक गर्ने, पार्टीका अभियानका समीक्षा गर्ने, संगठनात्मक गतिविधिको विषयमा समीक्षा गर्नेसहितका कार्यक्रम राखेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ बैशाख २०८१, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका भ्रमण उपलब्धिमूलक भयो: प्रधानमन्त्री ओली
एमाले बैठकमा ओलीले उठाएका पाँच सवाल
संविधान संशोधनका बिषयमा भ्रम फैलाइयो : प्रधानमन्त्री ओली
एमालेमा कुनै पनि किसिमको गुटबन्दी स्वीकार्य छैन : अध्यक्ष ओली
एमाले कांग्रेसबिच संविधान संशोधनका लागि आयोग बनाउने सहमति भएको छैन : अध्यक्ष ओली
कांग्रेस पार्टी कार्यालयमा पुगे ओली