काठमाडौं। प्रदेश सरकारमा किचलो बढिरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन् । काठमाडौंको गोल्फुटारस्थित कांग्रेस नेता डा. नारायणका खड्काको निवासमा बुधवार साँझ देउवा र नेपालबीच ४५ मिनेट कुराकानी भएको स्रोतले जानकारी दियो ।
‘बुधवार साँझ साढे ६ बजेदेखि सवा ७ बजेसम्म हाम्रो सभापति र समाजवादीका अध्यक्षबीच नारायण खड्काको निवासमा भेटघाट भएको थियो’, कांग्रेस स्रोतले भन्यो, ‘भेटमा सुदूरपश्चिम प्रदेश सरकारको किचलो मात्रै होइन केन्द्रीय समीकरणमा पनि कसरी मिलेर जान सकिन्छ भन्नेबारे छलफल प्रारम्भ भएको छ ।’
सुदूरपश्चिममा एकीकृत समाजवादीले कांग्रेससँग मिलेर समीकरण बनाउने प्रयास गरेको थियो ।तर प्रधानमन्त्री प्रचण्डले नेकपा एसलाई नै मुख्यमन्त्री दिने तयारी गरेपछि ब्याक भएको थियो ।
एमालेले मुख्यमन्त्रीका लागि नेकपा एसका दीर्घकाबहादुर सोडारीको नाममा सहमति जनाउन नसकिने बताएपछि नेपाल कांग्रेससँग छलफलमा जुटेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ बैशाख २०८१, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पीडितलाई न्याय दिने विषयमा सबै दलको एक मत छ: शेरबहादुर देउवा
सङ्क्रमणकालीन न्यायमा कुनै छलछाम हुनेछैन : सभापति देउवा
म कांग्रेस सभापति हुनमा गिरिजाबाबुको ठूलो योगदान छः सभापति देउवा
बहुमत ल्याउन अर्को पार्टीसँग मिल्नु पर्ने बाध्यता छ : देउवा
प्रशिक्षणले पार्टीलाई सशक्त बनाउँछ : सभापति देउवा
कांग्रेस सभापति देउवाको भारत जाने कार्यक्रम रद्द