एजेन्सी । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।
गएराती सम्पन्न क्वाटरफाइनलमा म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै यस सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो ।
क्वाटरफाइनलको दोस्रो लिगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी खेलेपछि समग्र नतिजा ४-४ गोलको बराबरी भएको थियो ।
निर्धारित ९० मिनेट र त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा खेल बराबरी भएपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय गरिएको थियो । यस खेलमा रियल म्याड्रिडका लागि रोड्रीगोले र म्यानचेस्टर सिटीका लागि केभिन डि ब्रुनेले गोल गरेका थिए ।
सिटीको पेनाल्टी सुटआउटमा बेर्नार्डो सिल्भा र माटेओ कोभाकिकले पेनाल्टी मिस गरेका थिए ।
अब रियल म्याड्रिडले सेमिफाइनलमा भने बायर्न म्युनिखको सामना गर्ने छ । बायर्न म्युनिखले आर्सनललाई क्वाटरफाइनलको दोस्रो लिगमा १-० ले पराजित गर्दै समग्रमा ३-२ को नतिजासहित सेमिफाइनलमा पुगेको छ । यस अघि पहिलो लिगमा दुवै टिम २-२ को बराबरी खेलेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०६ बैशाख २०८१, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रियल म्याड्रिडसँग एम्बाप्पेको औपचारिक सम्झौता
एम्बाप्पेको रियल म्याड्रिडसँग सम्झौता
रियल म्याड्रिडले जित्यो १५ औँ पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि
रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा
रियल म्याड्रिड रायो भल्लेकानोसँग बराबरीमा रोकियो
एटलेटिकोले रियल म्याड्रिडलाई बराबरीमा रोक्यो