काठमाडौँ । भारतीय लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले प्रधान सेनापति प्रभुराम शर्मासँग भेट गरेका छन् । भेटका क्रममा द्विपक्षीय सैनिक सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
जनरल नायरको भ्रमणका क्रममा भएको यो छलफलले दुई मुलुकबिचको सैन्य सम्पर्कलाई थप बलियो र सुदृढ बनाउने विश्वास लिइएको छ । दुवै देशका सेनाहरूबिच लामो समयदेखि नै राम्रो सम्बन्ध रहिआएको छ भने यो जङ्गी अड्डामा भएको यो भेटले उक्त सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ बैशाख २०८१, २० : ५२
लेखकबाट थप