इलामको चुनावी सभामा ओलीले गाए गीत– ‘बोली मिठो हजुर सुहाङ नेम्वाङको’

सफल खबर संवाददाता

बुधबार, ०५ बैशाख २०८१, १५ : ४८
इलामको चुनावी सभामा ओलीले गाए गीत– ‘बोली मिठो हजुर सुहाङ नेम्वाङको’

काठमाडौं। इलामको चुनावी सभामा पुगेर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गीत गाएर सुहाङ नेम्वाङको पक्षमा भोट मागेका छन् । इलाम बजारका बारेमा निलम आङबुहाङले लेखेको गीतको टुक्का ओलीले सुनाएका हुन् ।

‘अहिले एउटा चेलीले गाउनु भयोे– पानी मिठो मेरो हजुर इलाम बजारको । मलाई अस्ति एक जनाले भन्दै थिए– बोली मिठो मेरो हजुर सुहाड नेम्वाङको ।’ ओलीले गीतको लयमा सुहाङको पक्षमा भोट मागे ।

यता एमालेको तर्फबाट इलाम–२ का उमेदवार बनेका सुहाङले पनि बुवा सुवास नेम्वाङकै शैलीमा शालिन ढंगले मतदातासँग भोट मागिरहेका छन् ।ओली बोल्नुअघि युवान्तिका राईले ‘पानी मिठो मेरो हजर इलाम बजारको’ बोलको गीत गाएकी थिइन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले सुहाङ इलामबासीको प्रिय उम्मेदवार रहेको बताए । ‘सुहाङ एमालेले अगाडि सारेको धेरै पार्टीको साझा उम्मेदवार हुन्,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस