एजेन्सी । इजरायलले इरानविरुद्ध के कारबाही गर्ने भन्ने निर्णय गरिसकेको छैन।
इजरायली सरकारका प्रवक्ता एभी हाइमनका अनुसार इरानलाई कस्तो जवाफ दिने भन्ने विषयमा छलफल जारी छ, तर त्यो टुंगो लागेको छैन।
उनले इजरायलले पछिल्लो अवस्थालाई नियालिरहेको र युद्धका लागि मन्त्रिपरिषद्को बैठक पनि भइरहेको बताएका छन्।
उनले भने, ‘कुनै पनि सार्वभौम लोकतन्त्रजस्तै, हामी सबैभन्दा राम्रो कदम चाल्नेछौँ।’
उनले अगाडि भने, ‘के कारबाही गर्ने भन्ने टुंगो लागेको छैन। तर म तपाईंहरूलाई के स्मरण गराउन चाहन्छु भने शनिबार राति हामी विस्फोटबाट बच्ने प्रयास गरिरहेका थियौँ। हाम्रा छोराछोरीको जीवन खतरामा परेको थियो। हाम्रा टाउकामाथि मिसाइल प्रहार गरिएको थियो।’
इरानले शनिबार राति इजरायलमा करिब ३ सय ड्रोन र मिसाइल प्रहार गरेको थियो। जसमध्ये झन्डै ९९ प्रतिशत ड्रोन र मिसाइल बीचमै खसालेको दाबी इजरायलले गरेको छ।
इरानले अप्रिल १ मा सिरियाको राजधानी दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा भएको घातक हमलाको बदलास्वरूप शनिबार इजरायलमा आक्रमण गरिएको बताएको छ।
इरानी दूतावासमा भएको आक्रमणमा १३ जनाको ज्यान गएको थियो, जसमा रिभोल्युसनरी गार्डका कमान्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदीको मृत्यु भएको थियो भने उनका सहायक पनि मारिएका थिए।
तर इजरायलले इरानको वाणिज्य दूतावासमा भएको आक्रमणको जिम्मेवारी लिएको छैन।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०४ बैशाख २०८१, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्यकर्मी मारिएकोमा इजरायलबाट गल्ती स्वीकार
मध्यपूर्वमा फेरि तनाव : इजरायलले गर्यो लेबनानमा तीव्र आक्रमण
इजरायल-हमासबीच दोस्रो चरणको युद्धविराम सम्झौताको तयारी, मध्यस्थता वार्तामा अमेरिका पनि सहभागी हुने
रमजानका लागि इजरायलले ६ हप्ता थप्यो गाजा युद्धविराम अवधि
विपिनको सुरक्षित रिहाइका लागि हरसम्भव प्रयास भइरहेको छः इजरायली राष्ट्रपति
हमासले ४ इजरायली बन्धक र इजरायलले २०० प्यालेस्टाइनी कैदी रिहा गर्ने