काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा.खड्क केसी र रजिष्ट्रारमा प्रा.डा.केदार रिजाल नियुक्त भएका छन् । त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालले त्रिभुवन विश्वविद्यालयका कुलपति प्रधानमन्त्रीसमक्ष दुई जनाको नाम सिफारिस गरेपछि उनले रेक्टर र रजिष्ट्रार नियुक्त गरेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
त्रिवि ऐनअनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई कुलपतिले नियुक्ति गर्नुपर्ने व्यवस्था रहेको छ । रजिष्ट्रारमा नियुक्त रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन् भने केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० चैत्र २०८०, २० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपकुलपति बरालको राजीनामा प्रधानमन्त्रीलाई पेस गरिने
उपत्यकाका आंगिक क्याम्पसमा स्ववियु निर्वाचनको मत परिमाण सार्वजनिक
कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको अनुरोध
भारतको किट विश्वविद्यालयबाट फर्केका विद्यार्थी त्रिविमा भर्ना हुन सक्ने
त्रिभुवन विश्वविद्यालयद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान
त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचन सर्यो