काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनमा सहभागी एकताबद्ध हुने वातावरण बन्दै गएको दाबी गरेका छन् । माओवादी केन्द्र कोशी प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई सम्बोधन गर्दै समाजवादी मोर्चामा सहभागी दलहरुबीच चाँडै एकताबद्ध हुने बताए ।
उनले भने, ‘माओवादी आन्दोलनका सहभागीहरू सबै एकताबद्ध हुनुपर्छ । समाजवादी मोर्चामा सहभागी साथीहरू चाँडै एकताबद्ध हुनुपर्छ भन्नेमा हुनुहुन्छ । बाँकी साथीहरू पनि एकताको विकल्प छैन भन्नेमा पुग्नुभएको छ । हामी सबै एक ठाउँमा हुनेछौँ ।’
माओवादी आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै संघीयता, समावेशिता एवं धर्मनिरपेक्षताजस्ता उपलब्धिलाई उल्ट्याउने प्रयास भइरहेकाले बताए । आफूले नेतृत्व गरेको सरकारको कामले जनतामा सकारात्मक आशा जागेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ चैत्र २०८०, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाँतको उपचार गराउन वीर अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड
सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्ने
मधेशका जनताप्रतिको जिम्मेवारी भुलेको छैन: प्रधानमन्त्री प्रचण्ड
सर्लाही जाँदै प्रधानमन्त्री, के छ कार्यक्रम?
श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार गम्भीर छ- प्रधानमन्त्री
राष्ट्रिय विकास परिषद् बैठक होटलमा राखेको भन्दै प्रधानमन्त्रीले जनाए असन्तुष्टि