काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेर पक्राउ गरेका म्यानेजिङ डाइरेक्टर (एमडी) र ल्याब प्रमुख रिहा भएका छन् । मेडिकल कलेजका एमडी सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह बुधबार हाजिरी जमानीमा रिहा भएका हुन् । २६ चैतमा छापा मारेर जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरुलाई पक्राउ गरेको थियो ।
मेडिकल कलेजले म्याद गुज्रिएका सामाग्री प्रयोग गर्ने गरेको गुनासो आएपछि प्रहरीले अनुसन्धान गरेको थियो । सो क्रममा म्याद गुज्रिएका सामाग्री समेत बरामद गर्नुका साथै उनीहरुलाई पक्राउ गरिएको थियो ।
पक्राउ परेका दुबै जनालाई जिल्ला अदातल पर्साले २ दिनको म्याद दिएर अनुसन्धानका लागि अनुमति दिएपछि उनीहरु बिरामी भएको दाबी गर्दै अस्पताल भर्ना भएका थिए ।हिजो बुधबार उनीहरु दुबैलाई हाजिरी जमानीमा छाडिए पनि मुद्दाको प्रक्रिया भने अघि बढिरहेको पर्सा प्रहरीका प्रमुख एसपी कुमोध ढुंगेलले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ चैत्र २०८०, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वदलीय बैठकद्वारा सामाजिक सद्भाव कायम गर्न अनुरोध
वीरगञ्जमा कर्फ्यु जारी
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व संकलन
जनप्रतिनिधि आएपछि रुप फेर्दै वीरगञ्ज