काठमाडौं। ओमानमा हुने एसिसी प्रिमियर कपको लागि नेपालको १४ सदस्य टोली घोषणा भएको छ । एसिसी क्रिकेट काउन्सिल (एसिसी)ले अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेकोछ । भारत भ्रमणमा परेका तीव्र गतिका बलर आकाश चन्द भने अन्तिम १४ मा पर्न सकेनन् । अन्य टोलीमा कुनै परिवर्तन गरेको छैन ।
प्रिमियर कप १२ अप्रिलदेखि २१ अप्रिलसम्म ओमानमा हुनेछ । प्रिमियर कपको समूह ए मा नेपाल, मलेसिया, हङकङ, साउदी अरेविया र कतार छन् । समूह बी मा यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया छन् ।
हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल हुँदै विजेता हुने टोलीले एसिया कप खेल्ने पाउनेछ । नेपाल, यूएई र ओमान विजेताको प्रमुख दाबेदार हुन् ।
नेपालको टोली:
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी र अभिनाश बोहरा ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ चैत्र २०८०, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले तेस्रो विकेट गुमायो, आशिफ आउट
नेपालले हङकङविरुद्ध पहिले ब्याटिङ गर्ने
नेपालले हङकङविरुद्ध पहिले ब्याटिङ गर्ने
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै
गुल्सनले लिए तेस्रो युएईको विकेट
नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य