एसीसी प्रिमियर कप

नेपालले हङकङविरुद्ध पहिले ब्याटिङ गर्ने

सफल खबर संवाददाता

शनिबार, ०८ बैशाख २०८१, १६ : ०८
नेपालले हङकङविरुद्ध पहिले ब्याटिङ गर्ने

काठमाडौँ । एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो स्थानका लागि नेपालले हङकङविरुद्ध प्रतिस्पर्धा गर्दैछ । आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । 

शुक्रबार खेलिएको पहिलो सेमिफाइनल खेलमा यूएर्ईले नेपाललाई ६ विकेटले हराएको थियो ।  शुक्रबार राति नै खेलिएको अर्को सेमिफाइनल खेलमा आयोजक ओमानले हङकङलाई ५ विकेटले हरायो । 

फाइनल खेल भने आइतबार ओमान र यूएईबिच हुनेछ । 

प्रतिक्रिया दिनुहोस