काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारविरुद्ध सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेको छ । बिहान कार्यालय समय सुरु हुनासाथ गरिएको प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बेथिति, भ्रष्टाचार र अनियमितता विरुद्ध प्रदर्शन गरिएको नेविसंघ कार्यकर्ताहरुले जनाएका छन् । यसअघि चैत ५ गते पशुपति क्याम्पस चाबहिलका नेता–कार्यकर्ताहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै उनको पुत्ला जलाएका थिए । त्यसको भोलिपल्ट सिंहदरबार दक्षिण गेट अगाडि उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त गरिएको विरोधमा नेविसंघले प्रदर्शन गर्दै आएको छ ।
नेपाली कांग्रेसले लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै संसदमा आवाज उठाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ चैत्र २०८०, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्ववियुको चुनावमा प्यानलै जितेका नेविसंघका बागीले निकाले विजय जुलुस
आरआरमा निर्वाचनको माग गर्दै नेविसंघको प्रदर्शन, बानेश्वरमा मतदान सुरु
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघको तालाबन्दी
आन्दोलनरत विद्यार्थीले हटाए नेविसंघले धनगढीमा राखेका झन्डा
त्रिविका रेक्टरको कार्यकक्षमा नेविसंघको तोडफोड
केयूको नेतृत्व छनोटमा व्यक्तिगत स्वार्थ हाबी हुनु हुँदैन : नेविसंघ