जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल

मंगलबार, ०२ असोज २०७५, २० : ०३
जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल

चितवन । भरतपुर महानगरपालिकाले संविधान दिवसको अवसरमा भरतपुर महानगरका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल भएको छ । खेलमा जनप्रतिनिधिले १ गोल र कर्मचारीले ५ गोल हानेका थिए । महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदी कर्मचारीतर्फको मुख्य खेलाडी थिए । कर्मचारीबाट वातावरण शाखाका प्रमुख विराट घिमिरे पनि खेलेका थिए । जनप्रतिनिधिबाट भरतपुर १० का वडाध्यक्ष अरुणपीडित भण्डारी, ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डित, ५ का वडाध्यक्ष पदमपाणि सुवेदीलगायतले खेल खेलेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, चितवन प्रहरी प्रमुख सुशीलसिंह राठौर, कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठलगायतले रोमाञ्चपूर्ण खेल हेरेका थिए । ‘संविधान दिवसको अवसरमा रमाइलोको लागि खेल खेलिएको हो’ वडाध्यक्ष अरुणपीडित भण्डारीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस