काठमाडौं । लगानी बोर्डले विभिन्न चार विद्युत् आयोजनामा १ खर्ब रुपैयाँ बराबर लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बिहीबार बसेको बोर्डको ५७औं बैठकले ९९ अर्ब २० करोड रुपैयाँ बराबर लगानी स्वीकृत गरेको हो ।
बोर्डका अनुसार १ सय ६६ मेगावाटको सुपर तमोर जलविद्युत् आयोजनामा ३४ अर्ब ५९ करोड रुपैयाँको लगानी स्वीकृत भएको हो । १ सय ४२ मेगावाटको अपर मोदी जलविद्युत् आयोजनामा १० अर्ब ८ करोड रुपैयाँ बराबर लगानी स्वीकृत भएको छ । २ सय ५० मेगावाटको साइमन सोलार इनर्जीका लागि २१ अर्ब १० करोड बराबर लगानी स्वीकृति भएको छ ।
उता, लोअर मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाका लागि समेत ३३ अर्ब ४१ करोड रुपैयाँ बराबर लगानी स्वीकृत भएको लगानी बोर्डले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ चैत्र २०८०, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त
एक वर्षमा २ खर्ब ७१ अर्ब २६ करोड लगानी स्वीकृत
लगानी बोर्ड तत्काल खारेज गर्न माग
लगानी सम्मेलनका लागि १४८ वटा परियोजनासम्बन्धी प्रस्ताव तयार