बच्चा जन्माएर फालेको आरोपमा अविवाहिता युवती पक्राउ

मंगलबार, ०२ असोज २०७५, १४ : ०७
बच्चा जन्माएर फालेको आरोपमा अविवाहिता युवती पक्राउ

सुनसरी :  बच्चा जन्माई फालेको अभियोगमा  एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिका–१० नारायन चोक डेरा गरी बस्ने इनरुवा डुम्राहा की १९ वर्षीया अस्मिता चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

शौचालयको छेउमा सोमबार उनले जन्म दिएको  नवजात शिशु मृत अवस्थामा फेला परेको थियो । चौधरीले नै शिशु जन्माई उक्त स्थानमा फालेको खुल्न आएपछि ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।  उनी अविवाहित भएको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस