चितवन । ट्याक्सी दुर्घटनामा त्रिशुली नदीमा बेपत्ता भएका गोरखा नगरपालिका–७ का १८ वर्षिय विवश रोकाको शव फेला परेको छ । बुधबार चितवनको इच्छाकामना गाउँपालिका–६ टोपे खोला नजिकै त्रिशुली नदी किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए
बिहान ८.१५ बजे शव भेटिएको प्रहरीले जनाएको छ । ‘बिहान शव भेटिएको खबर आएपछि आफन्तहरु सँग बुझ्दा ट्याक्सी दुर्घटनामा वेपत्ता भएका पुरुषको शव हो भनेर पहिचान भयो,’ उनले भने । प्रारभ्भिक अनुसान्धान पश्चात् शव पोष्टमाटमका लागि गोरखा पठाइएको पनि रिजालले जानकारी दिए ।
गत शनिबार काठमाडौंबाट गोरखा आउँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशुलीमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा एकै परिवारका पाँच जनाको निधन भएको थियो । ट्याक्सीमा सवार विवश रोका भने बेपत्ता थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ चैत्र २०८०, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्सी दुर्घटना अपडेट : मृत्यु हुने सबैको पहिचान खुल्यो, एकजना बेपत्ता