काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले प्रशिक्षार्थी भर्ना गर्ने योजना बारे संसदमा स्पष्ट गरेकी छन् । मन्त्री श्रेष्ठले सुशासन ऐनमा टेकेर प्रशिक्षार्थी भर्ना गर्ने कार्यविधि बनाएको बताउदै युवा विद्यार्थीहरुलाई काम गर्न सिकाउन यो व्यवस्था गरेको बताएकी छन् ।
के विद्यार्थीले राजनीति मात्र सिक्ने भन्ने प्रश्न गर्दै शिक्षामन्त्री श्रेष्ठले विद्यार्थीलाई काम गर्न सिकाउनु पर्नेमा जोड दिएकी छन् ।उनले आवश्यकता र विद्यार्थीको रुची अनुसार, गोप्य सूचनामा पहुच नहुने गरि राज्यलाई अतिरक्त भार नपरी, मापदण्ड बनाएर कर्मचारीकै नेतृत्वमा संचालन गरिने बताइन् ।
साथै मन्त्री श्रेष्ठले विद्यार्थीलाई न्याय हुने कुरामा राजनीति नगर्न समेत आग्रह गरेकी छन् । उनले संसदमा सांसदहरुले उठाएका शिक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ समेत दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ चैत्र २०८०, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसइईको नतिजामा समाज आक्रोशित हुनुपर्छ : शिक्षामन्त्री श्रेष्ठ
नेत्रविज्ञान अध्ययनका लागि विदेशी विद्यार्थीको समेत गन्तव्य हुनेछ : शिक्षामन्त्री श्रेष्ठ
सांसदद्वय केसी र मण्डलले संसदमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन उपयुक्त हुन्छ : शिक्षामन्त्री श्रेष्ठ
शिक्षक सरुवालाई पारदर्शी र सरल बनाउन निर्देशिकाले जग बसाल्ने छ: शिक्षामन्त्री श्रेष्ठ
बालविकास शिक्षा सुधारको माग गर्दै अनसनमा बसेका चापागाईंलाई भेट्न पुगिन् शिक्षामन्त्री
प्रतिफल नआएकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम रोकेका हौं : शिक्षामन्त्री श्रेष्ठ