काठमाडौ । नेकपा एकीकृत समाजवादीकी सांसद रमा आलेमगरले बागमती प्रदेश सरकारमा मन्त्रीको शपथ लिएकी छन्।
सोमबार साँझ मन्त्रीमा नियुक्त भएकी आलेमगरले मंगलबार (आज) पद तथा गोपनियताको शपथ लिएकी हुन्।
नवनियुक्त मन्त्री आलेमगरलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम पद तथा गोपनियताको सपथ खुवाएका हुन्।
सोमबार मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने बेला प्रदेश सभा बैठकमा ढिलोसम्म उपस्थित नभएकी सांसद आलेमगरले मन्त्रीमा बार्गेनिङ गरेर अलमल गरेको चर्चा थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० चैत्र २०८०, ०९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बागमतीमा एकै दिन तीन वटा शव फेला
बागमतीमा बैशाख २४ गते सार्वजनिक बिदा
बागमती र सुदूरपश्चिममा एकीकृत समाजवादीले मुख्यमन्त्री पाउने
बागमती प्रदेशसभाको बैठक मङ्गलबार बस्ने
बागमतीका पाँच लाख ५० हजार बाख्रालाई लगाइयो पीपीआर खोप