काठमाडौ । नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ ।
पार्टीका महासचिव गंगाराम चौधरीले चैत २३ र २४ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिए ।
पार्टीको महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकोले आफ्नो सक्कल नागरिकता र मतदाता परिचयपत्रसहित उपस्थित हुन सूचनामा आग्रह गरिएको छ ।
बैठक काठमाडौँस्थित पार्टी कार्यालयमा बस्ने भएको हो । सो पार्टीभित्र संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षबिच आन्तारिक विवाद उत्कर्षमा पुगेकै बेला बैठक बोलाइएको हो ।
संरक्षक चौधरीले केन्द्रीय समिति बैठकले गर्ने निर्णयका आधारमा पार्टी अघि बढ्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० चैत्र २०८०, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता निश्चित, पार्टीको नाम नागरिक जनमत
नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी
नागरिक उन्मुक्ति पार्टीको बैठक बस्दै
राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेका नेता हाम्रो पार्टीका होइनन् : रेशम चौधरी
नागरिक उन्मुक्तिका केन्द्रीय उपाध्यक्षसहित २६ नेताले छाडे पार्टी
रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश