काठमाडौँ । जनमत र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता निश्चित भएको छ। पार्टी एकताको लागि दुवै पक्ष सहमति भएर एकीकरणको लागि गठन भएको कार्यदलले प्रक्रिया थालेको हो।
हिजो (आईतबार) कार्यदलको पहिलो बैठक बसेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले बताए। एकीकृत पार्टीको अध्यक्षमा डा. सिके राउत, संरक्षक रेशम चौधरी र सहअध्यक्ष रञ्जिता श्रेष्ठ हुने सहमति भइसकेको छ।
पार्टीको नाम नागरिक जनमत राख्ने भन्नेबारेमा छलफल भइरहेको उनले बताए। जनमतबाट एकताको लागि गठन कार्यदलको सदस्य समेत रहेका यादवले पार्टीको नाम र चुनाव चिन्हबारे पनि चाँडै सहमतिमा पुग्ने बताए।
उनले पार्टी पदाधिकारीसहित आवश्यक संरचना कार्यदलले टुंग्याउने बताए। जनमतबाट कार्यदलमा उपाध्यक्ष अब्दुल खान, डा. शरदसिंह यादव, बालगोविन्द चौधरी रहेका छन् भने नागरिक उन्मुक्ति पार्टी तर्फबाट गंगा चौधरी, सुनिता चौधरी, रामलाल डगोरा थारु रहेका छन्।
जनमतसँग पार्टी एकताको निर्णय गर्न बसेको केन्द्रीय समितिको बैठकमा पुगेर सिके राउतले सम्बोधन गरिसकेका छन्। उनले बैठकमा रेशम र रञ्जिताको प्रशंसा गर्दै विगतको गल्ती आत्मसमीक्षा गर्दै अब एकताबद्ध हुनुपर्ने बताएका थिए।
चुनावपछि नै गरेको एकताको प्रयास सफल भएको भए कम्तीमा आफूहरूको पार्टी ३० सीट जित्नसक्ने विश्लेषण सुनाएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ चैत्र २०८१, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतले बोलायो राष्ट्रिय परिषद् समितिको बैठक
जनमतको केन्द्रीय समिति बैठक जारी
मधेस केन्द्रित दलसँग मोर्चाबन्दीका लागि जनमतले गर्यो कार्यदल गठन
जनमतले माग्यो सभामुखको राजीनामा