काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । प्रथम महाधिवेशन पछि हिजो सुरु भएको पहिलो बैठक आज पनि जारी रहने भएको हो ।
आज केन्द्रीय सदस्यहरूले धारणा राखिसके पछि जवाफ दिएर आजै बैठक सकाउने तयारी रहेको छ । पहिलो दिन २० जना केन्द्रीय सदस्यले धारणा राखेका छन् ।
मध्य बानेश्वरस्थित एक क्याफेमा जारी बैठकमा संरक्षक रेशमलाल चौधरी, अध्यक्ष रञ्जिता श्रेष्ठलगायतले समसामयिक राजनीतिक विषय र अन्य पार्टीसँगको एकीकरण र मोर्चाबन्दीका बारेमा धारणा राख्दै सम्बोधन गरेका छन् ।
बैठकमा पार्टीका प्रमुख संरक्षक चौधरी जेलमा हुँदा बनेका केन्द्रीय सदस्यहरू, प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू, संस्थापक केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको छ ।
साथै, पार्टीबाट निर्वाचित सङ्घ र प्रदेशका उम्मेदवार पालिकाका प्रमुख र उप प्रमुखहरू, जसलाई पछि केन्द्रीय समिति सदस्य बनाइएको थियो, उनीहरू पनि बैठकमा रहेका छन् ।
पार्टीको पहिलो महाधिवेशन गत वर्ष पुस २६–२८ गतेसम्म कैलालीको टिकापुरमा भएको थियो ।
पहिलो महाधिवेशनले रेशम चौधरीको अध्यक्षतामा केन्द्रीय समिति गठन गरे पनि अदालतको आदेशका कारण उनी पदमुक्त हुनु परेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ चैत्र २०८१, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागरिक उन्मुक्ति पार्टीको बैठक बस्दै
राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेका नेता हाम्रो पार्टीका होइनन् : रेशम चौधरी
नागरिक उन्मुक्तिका केन्द्रीय उपाध्यक्षसहित २६ नेताले छाडे पार्टी
रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश
रेशम चौधरीको माफी मिनाहाले कसूरको अन्त्य हुँदैन : रञ्जिता श्रेष्ठ
नाउपाको भागमा सुदूरपश्चिमको मुख्यमन्त्री, आजै दाबी पेस गर्ने बालुवाटारमा सहमति