एजेन्सी । उपाधि होडमा रहेका म्यानचेस्टर सिटी र आर्सनलले गोलरहित बराबरी खेलेपछि अर्को प्रतिस्पर्धी टोली लिभरपुललाई फाइदा पुगेको छ ।
आइतबारको नतिजापछि आर्सनल र सिटीलाई उछिन्दै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको हो ।
यसअघि ब्राइटनविरुद्ध पुनरागमन गर्दै लिभरपुलले २–१ को जित हासिल गरेको थियो । ड्यानी वेलब्याकले खेलको दोस्रो मिनेटमा नै ब्राइटनलाई अप्रत्याशित अग्रता दिलाएका थिए ।
तर, २७ औँ मिनेटमा लुइस डियाजले बराबरी गोल फर्काए । ६५ औँ मिनेटमा मोहम्मद शालाहले गोल गर्दै टोलीको पुनरागमन पूरा गरे ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १९ चैत्र २०८०, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिटीविरुद्ध आर्सनलको जितमा वैकल्पिक खेलाडीले गरे दुई गोल
आर्सनललाई पराजित गर्दै न्युक्यासल फाइनलमा
आर्सनलको उपाधि होडमा धक्का
घरेलु मैदानमा एभर्टनसँग रोकियो आर्सनल
लेस्टरमाथि आर्सनलको रोमाञ्चक जित
ब्राइटनसँग बराबरीमा रोकियो आर्सनल