काठमाडौँ । बाबर आजम फेरि पाकिस्तानी क्रिकेट टिमको कप्तान भएका छन् । एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानको खराव प्रदर्शन पछि बाबरले कप्तानी त्यागेका थिए । बाबरको कप्तानीमा एक दिवसीय विश्वकपमा ४ खेलमा जित र ५ खेलमा पराजय भोगेको थियो । त्यस लगत्तै भारतबाट पाकिस्तान फर्किएपछि उनले तीन वटै फम्र्याटको कप्तानीबाट राजीनामा दिएका थिए ।
तर, पाकिस्तान क्रिकेट बोर्डले अहिले उनलाई टी–२० र एक दिवसीय क्रिकेटको कप्तान बनाउने निर्णय गरेको हो । पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिनन क्वीसँगको भेटपछि बाबर अहिले ह्वाइटबल क्रिकेटको कप्तान बन्न राजी भएको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् ।
बाबरले पहिला राजीनामा दिएपछि शान मसुदलाई टेस्ट तथा शाहिन साह अफ्रिदीलाई टी २० को कप्तान बनाएको थियो । एक दिवसीय कप्तानभने पाकिस्तानले कसैलाई बनाएको थियो । अब बाबरले एक दिवसीय र टी २० कप्तानी गर्ने छन् । उनकै कप्तानीमा आसन्न टी २० विश्वकप क्रिकेट पाकिस्तानले खेल्ने छ ।
बाबरको कप्तानीमा सन् २०२२ मा पाकिस्तान आइसीसी वरियताको शीर्ष स्थानमा पुगेको थियो । त्यतिबेला एक दिवसीय र टी २० दुवै वरियतामा पहिलो स्थानमा रहेको थियो। तर, त्यसपछि लगातार खराब फर्मबाट गुज्रिएपछि कप्तान परिवर्तन गर्दा पनि अवस्थामा सुधार नभएपछि पाकिस्तान क्रिकेट बोर्ड फेरि बाबरलाई नै कप्तान बनाउने अवस्थामा पुगेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ चैत्र २०८०, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबर आजमले दिए पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट राजीनामा
बाबर आजमलाई कप्तानबाट हटाउने तयारी
पीएसएल मालिकले क्रिकेटर बाबर आजमलाई उपहार दिए अनाैंठाे कार