जोहानेसबर्ग । दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।
यातायात विभागका अनुसार, बोत्सवानाबाट लिम्पोपो प्रान्तको मोरिया सहरतर्फ गइरहेको यात्रुबाहक बस दुर्घटना भएको थियो । एक यात्रुको भने गम्भीर घाइते अवस्थामा उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।
दक्षिण अफ्रिकाका यातायातमन्त्री सिन्डीसिवे सिकुन्गाले मोरिया सहरनजिक भएको यस दुःखद घटनामा ज्यान गुमाउनेप्रति श्रद्धासुमन व्यक्त गर्दै सवारी चलाउँदा अत्यन्त सावधानी अपनाउन आग्रह गरे । उद्धार कार्यका बारेमा प्रहरीले नियमित अद्यावधि विवरण सार्वजनिक गरिरहेको जनाएको छ । दुर्घटनाका बारेमा यथार्थ विवरण भने सार्वजनिक भइसकेको छैन ।
दुर्घटनामा ज्यान गुमाउनेहरू अधिकांश इसाई समुदायको ईस्टर पर्वका अवसरमा सहभागीहरू रहेको प्रहरीको भनाइ छ । उक्त बस अनियन्त्रित भई पुलबाट झन्डै ५० मिटर तल नदीमा खसेर आगो लागेको थियो । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १६ चैत्र २०८०, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण अफ्रिकालाई पराजित गर्दै न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा
समूह विजेता बन्दै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश
दक्षिण अफ्रिकामा हुने जी-२० शिखर सम्मेलनमा अमेरिका सहभागी नहुने
पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिका टेस्ट च्याम्पियनसिपको फाइनलमा
दक्षिण अफ्रिकालाई हराउँदै अफगानिस्तानले जित्यो सिरिज
अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका टी–२० विश्वकपको फाइनलमा