काठमाडौँ । उच्च अदालत पाटनले नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको पहिलो सुनुवाइको मिति तोकेको छ । बलात्कार आरोपित सन्दीपले जिल्ला अदालत काठमाडौँको फैसला पुनरावलोकनका लागि उच्च अदालतमा निवेदन दिएका थिए । तारिख बुझेकाले अब पहिलो सुनुवाइ चैत २३ गते शुक्रबार हुने उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिए ।
एक पक्षले मात्र पुनरावलोकनको निवेदन दिएको भए चैत २३ मा झगडिया झिकाउने आदेश हुने थियो । तर, सरकारी पक्ष पनि पुनरावलोकनका लागि गएकाले दुवै जनालाई एक अर्काको पुनरावलोकन सुनाउने काम हुने छ । त्यसपछि दुवै निवेदनलाई सँगै राखेर निरन्तर सुनुवाइ हुने उच्च अदालतले जनाएको छ ।
गत वर्ष ‘गौशाला २६’ ले क्रिकेटर सन्दीपलाई बलात्कारको मुद्दा दर्ता गरेकी थिइन् । उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको छ । उक्त फैसलामा चित्त नबुझाएपछि सन्दीप उच्च अदालत पाटन गएका हुन् । सरकारी पक्ष पनि उनी नावालिग नै रहेको भन्दै फैसला पुनरावलोकनका लागि गएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ चैत्र २०८०, २० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमा आज सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा उच्च अदालतमा पेशी आज
सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतले गर्यो ‘झझी’ आदेश
सन्दीप लामिछानेको मुद्दा दर्ता
जिल्ला अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन गर्ने सन्दीपको तयारी
सन्दीप लामिछानेलाई ८ वर्ष कैद