मुक्तिनाथ विकास बैंकले गर्‍यो कञ्चनपुरको कृष्णपुरमा वृक्षारोपण

सफल खबर संवाददाता

बुधबार, १४ चैत्र २०८०, १४ : २४
मुक्तिनाथ विकास बैंकले गर्‍यो कञ्चनपुरको कृष्णपुरमा वृक्षारोपण

काठमाडौं। ​​मुक्तिनाथ विकास बैंक लिमिटेडले कञ्चनपुरस्थित  कृष्णपुरमा वृक्षारोपण गरेको छ ।हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तनविरुद्ध लड्न योगदान पुर्‍याउने उद्देश्यले वृक्षारोपण गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत अन्तर्राष्ट्रिय वन दिवसको अवसरमा करिब १५० वटा कागतीका विरुवाहरू रोपिएको हो ।कार्यक्रममा बैंकका कर्मचारीहरू, अभियानकर्ता तथा स्थानीय नगरबासीहरूको उपस्थिति रहेको थियो ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरिका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

यसै गरी मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागि ९८०१११००२२, कर्जा सेवाको लागि ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस