लन्डन । बेलायत सरकारले चीनमाथि सांसद र निर्वाचन आयोगविरुद्ध ‘दुर्भावपूर्ण’ साइबर अभियान चलाएको आरोप लगाएको छ । बेलायतले साइबर आक्रमण गरेको आरोपमा दुई व्यक्ति र एउटा कम्पनीमाथि प्रतिबन्ध लगाएको छ ।
चीन आफ्नो आलोचना गर्ने बेलायती सांसदहरू र ४ करोड मतदाताहरूको डेटा हासिल गर्ने प्रयासमा भएको बेलायती उपप्रधानमन्त्री ओलिभर डाउडेनले भनेका छन् । बेलायतस्थित चिनियाँ दूतावासले भने यी आरोपहरूलाई निराधार बताएको छ ।
प्रतिबन्ध लगाइएका दुई चिनियाँ नागरिकहरू झाओ गुआन्जाउ र नि गुओबिन भएको बताइएको छ । प्रतिबन्धमा पर्ने कम्पनी चाहिँ वुहान जियोरिजी विज्ञान र प्रविधि कम्पनी लिमिटेड हो ।यसैबिच अमेरिकाले पनि साइबर जासुस गर्ने चिनियाँ कम्पनी एड्भान्स्ड पर्सिस्टेन्ट थ्रेट ३१ (एपीटी ३१)माथि प्रतिबन्ध लगाएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार अमेरिका सरकारले चीनसँग सम्बन्धित एपीटी३१ विरुद्ध कारबाही गरिरहेको छ । यो कम्पनीको जालमा अमेरिकी अधिकारीहरू, राजनेतासहित कयौँ मानिस फसेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ चैत्र २०८०, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनले मे १ देखि नेपालीलाई भिसा शुल्क नलिने
नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर
नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
चीनमा भारी वर्षासँगै आँधीबेहरी आउने अनुमान, मौसम विज्ञान केन्द्रले भन्यो– सावधानी अपनाउनू
देव गुरुङको नेतृत्वमा माओवादीको टोली चीन भ्रमणमा