काठमाडौ । आइतबार पौडी खेल्ने क्रममा सुनकोसी नदीमा बेपत्ता भएका तीनजना बालबालिका खोज्न सशस्त्र प्रहरी बलले गोताखोर परिचालन गरेको छ।
आइतबार होली खेलेर सुनकोसीमा नुहाउन गएका उदयपुरको त्रियुगा नगरपालिका- १४ साउनेका तीन बालबालिका नदीमा बेपत्ता भएका थिए।
आइतबार राति अबेरसम्म सशस्त्र प्रहरी बल नम्बर ५ त्रियुगा गण उदयपुरले बालबालिकाकाे खाेजी गरेकाे थियाे। तर हिजाे राति अबेलासम्म खोजतलास गरे पनि बेपत्ता बालबालिकालाई फेला पार्न नसकेपछि आज (सोमबार) बिहानैबाट फेरि खाेजी सुरु गरिएकाे हाे।
काेसी प्रदेश नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट बालबालिकाकाे खाेजीमा गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा ९ जना गोताखोरसहितको फौज परिचालन गरेर बिहानैदेखि खोजी कार्य सुरु गरिएको थापाले बताए।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बरऔ १४ साउनेका ८ वर्षीय चोलकचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर नदीमा बेपत्ता छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ चैत्र २०८०, ०८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा गोताखोरको सङ्ख्या एक सय १० पुग्यो