काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफुलाई एक्लियो भनेर चिन्ता गर्नुभन्दा देशका मुद्धा केन्द्रित बहस गर्न सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमार्फत डा. भट्टराईले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक ढाँचामा प्रत्यक्ष निर्वाचित व्यवस्थापिका प्रणालीमा जानुपर्ने बताएका छन्
उनले भनेका छन्-
धेरै महानुभवहरूले बाबुराम ‘एक्लियो’ ‘हरायो’ भनेर चिन्ता गरेको देखियो। चिन्ता त्यता हैन यता गरौंः
१.बर्षमा तीन चोटि गठबन्धन र सरकार परिवर्तन हुने र उनै भिजनविहीन, गफाष्टक, आत्मकेन्द्रित, विवादास्पद मान्छे वीच कुर्सी साटासाट भैरहने हो भने भिजिनरी नेतृत्व सहितको राजनीतिक स्थीरता कसरी हासिल हुन्छ ? लोकतान्त्रिक स्थिरता विना देश कसरी सुशासित र समृद्ध हुन्छ ? यसनिम्ति छिटो संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक ढाँचामा प्रत्यक्ष निर्वाचित व्यवस्थापिका प्रणालीमा किन नजाने ?
२. पालैपालो सबै प्रमुख दल र नेताको नेतृत्व रहेका सरकारहरू अरबौं अर्बका भ्रष्टाचार काण्डहरूमा मुछिएको जगजाहेर भैसक्दा उनीहरूले नै अहिले भएकै शक्तिविहीन संसथाहरू मार्फत् भ्रष्टाचारीलाई कार्वाही गर्छन् र देशमा सुशासन कायम हुन्छ भनेर आशा गर्नु नीतिकथाको स्यालले ‘झर्ला र खाउॅला’ भनेजस्तै हुन्न र ? अधिकारसम्पन्न र स्वायत्त जनलोकपाल वा यस्तै वैकल्पिक संयन्त्र निर्माण गरेर ‘ठूला माछा’ लाई समेत तह लगाउने र देशमा कडाइपूर्क विधिको शासन कायम गर्ने दिशामा किन नजाने ?
३. दशकौंदेखि ३-४ % भन्दा माथि आर्थिक बृद्धिदर हासिल नभएको, देश श्रम निर्यात र वस्तु आयातको दुष्चक्रमा फसेको,व्यापार घाटा र वैदेशिक ऋण वर्षेनी चुलिदै गएको, पहिले उद्योग र पछि कृषि क्षेत्र पूरै धरासायी हुदै गएको, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको कुरा छेपारोको कथामा सीमित भैरहेको आदि गम्भीर अर्थ-राजनीतिक संरचनात्मक समस्या हल नगरी देश कसरी समृ्द्ध बन्छ? यिनै भिजनविहीन, निष्ठारहित मान्छेहरूबाट यी कुरा सम्भव होलान् ?
आदि इत्यादि ! अतः हाम्रो सार्वजनिक विमर्शलाई व्यक्ति-केन्द्रित हैन मुद्दा-केन्द्रित बनाउने कि ? बाबुरामहरू त इतिहासमा आउॅछन् जान्छन् ! इतिहासले सबैको हिसाब राखिहाल्छ नि !
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० चैत्र २०८०, २१ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनमोहनलाई सम्झँदै भट्टराईले भने- नेपालले एक असल मित्र, भारतले एक अगुवा गुमाएको छ
कांग्रेस, एमाले, माओवादी र मधेसवादी दल सबै भ्रष्टाचारमा लिप्त छन्: अध्यक्ष भट्टराई
नेपालले बौद्धिक पलायनको गम्भीर समस्या भोगिरहेको छ : बाबुराम भट्टराई
प्रतिनिधि सभा र प्रदेश सभा पूर्ण समानुपातिक बनाउनुपर्छ : डा. भट्टराई
बुढी गण्डकीको काम अघि बढाउन डा. बाबुरामले प्रधानमन्त्रीलाई बुझाए मागपत्र
स्थिर राजनीति र ठोस आर्थिक नीति बिना देश बन्न सक्दैन : बाबुराम भट्टराई