पोखरा। स्वतन्त्र हैसियत मागेको भोलिपल्टै नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा गएका राजीव गुरुङ (दीपक मनाङे)लाई एकीकृत समाजवादीले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
एकीकृत समाजवादी पार्टीको सदस्य भएर पार्टीसँग सल्लाह नै नगरी मन्त्री भएकोबारे बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
मनाङेलाई मंगलबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री नियुक्त गरेका थिए । ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा जितेका मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा एकीकृत समाजवादी प्रवेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ चैत्र २०८०, २० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता
दिपक मनाङेको मुद्दा हेर्न नमिल्नेमा
दीपक मनाङे डिल्लीबजार कारागार चलान
दीपक मनाङेलाई सीआईबीमा लगियो, आजै अदालतबाट कारागार चलान हुने
गण्डकी प्रदेश सभाका सदस्य दीपक मनाङे पक्राउ