इलाम । इलाम-२ मा १५ वैशाखमा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा नेपाली काँग्रेसको क्षेत्रीय समितिले ७ जनाको नाम सिफारिस गरेको छ । काँग्रेसको इलाम-२ क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले सर्वसम्मत रूपमा ७ जनाको नाम सिफारिस गरेको हो ।
सिफारिस हुनेहरूमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङ रहेका उपसभापति खगेन्द्र देवानले बताए । उपसभापति देवानका अनुसार आएका नामलाई ८ चैतभित्र रायसहित प्रदेश कार्यसमितिमा पठाइने छ । प्रदेशले १० चैतमा उम्मेदवार आकांक्षीको नाम केन्द्रमा पठाउने छ ।
पहिलो नम्बरमा सिफारिस भएका आचार्य काँग्रेस महासमिति सदस्य तथा २०७० सालको संविधानसभा निर्वाचनमा एमाले नेता सुवासचन्द्र नेम्वाङसँग पराजित उम्मेदवार हुन् ।
खड्का २०७९ सालको निर्वाचनमा नेम्वाङसँग पराजित उम्मेदवार हुन् । त्यस्तै केशव थापा पूर्वसांसद तथा पूर्वराज्यमन्त्री हुन् । नगेन्द्र कुमाल नेपाल आदिवासी जनजाति महांघको पूर्वअध्यक्ष हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ चैत्र २०८०, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३४ हजार गणना हुँदा रास्वपाका उम्मेदवार लिम्बुले पाए १९४५ मत
इलाम-२ मा एमालेका सुहाङ नेम्वाङले लिए अग्रता
इलाम-२ मा कांग्रेसको सुरुवाती अग्रता
पार्टी नेतृत्वले गरेको काम हेरेर मलाई भोट हाल्नुस् : मिलन लिम्बू
डकेन्द्रसिंह थेगिमले गराए उम्मेदवारी दर्ता
इलाम-२ मा उम्मेदवारी दर्ता जारी, रास्वपाले ३ बजे मनोनयन दर्ता गर्ने