काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १५ वैशाखमा हुने इलाम-२ को उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न प्रारम्भिक निर्वाचनको कार्यतालिका बनाएको छ ।
रास्वपाबाट उम्मेदवार हुन इच्छुकका लागि मंगलबारदेखि १४ चैतसम्म आवेदन दिन भनिएको छ । त्यसपछि प्रारम्भिक उम्मेदवारहरूको नामावली १४ चैतको साँझ प्रकाशन गरिने रास्वपाले जानकारी दिएको छ ।
प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोधको समय १५ चैतको दिउँसो १ बजेसम्म तोकिएको छ । रास्वपाबाट उम्मेदवार हुन इच्छुकसँग त्यसै दिन छलफल गरेर साँझ ८ बजेसम्म नाम टुंगो लगाउने
पार्टीले १६ चैतमा उम्मेदवार टुंगो लगाएर १७ चैतमा सार्वजनिक गर्ने कार्यतालिका बनाएको छ । इलाम-२ मा १ लाख १८ हजार मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ चैत्र २०८०, १९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३४ हजार गणना हुँदा रास्वपाका उम्मेदवार लिम्बुले पाए १९४५ मत
इलाम-२ मा एमालेका सुहाङ नेम्वाङले लिए अग्रता
इलाम-२ मा कांग्रेसको सुरुवाती अग्रता
पार्टी नेतृत्वले गरेको काम हेरेर मलाई भोट हाल्नुस् : मिलन लिम्बू
डकेन्द्रसिंह थेगिमले गराए उम्मेदवारी दर्ता
इलाम-२ मा उम्मेदवारी दर्ता जारी, रास्वपाले ३ बजे मनोनयन दर्ता गर्ने