काठमाडौँ। नेकपा एकीकृत समाजवादीको १०औं केन्द्रीय महाधिवेशन केन्द्रित महाधिवेशन मस्यौदा समितिको बैठक शुरू भएको छ ।बैठक पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा मंगलवार दिउँसोबाट शुरू भएको हो ।
बैठकमा राजनीतिक प्रतिवेदन, विधान प्रतिवेदन, समाजवादी कार्यक्रम र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।यही चैत ९ गतेसम्म चल्ने बैठकमा पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तर्राष्ट्रिय घटनाक्रमको समेत समीक्षा गरिने छ ।
पार्टी अध्यक्ष नेपाललाई राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले समाजवादी कार्यक्रम, उपाध्यक्ष डा. बेदुराम भुसालले पार्टी विधान र महासचिव घनश्याम भुसालले तयार पारेको सङ्गठनात्मक प्रस्तावमाथि छलफल गरी निर्माणाधीन दस्तावेजलाई पूर्णता दिइने छ ।
ती चार वटा प्रतिवेदनको छलफलपछि मुलुकको समसामयिक परिस्थिति, राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, पार्टीको आगामी रणनीतिक योजना बनाई सबै पक्षलाई समेटेर तयार गरिने दस्तावेजलाई महाधिवेशनमा लैजाने जनाइएको छ ।
आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा पार्टीको महाधिवेशन गर्न लागिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ चैत्र २०८०, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मदन भण्डारीका उत्तराधिकारी हामी हौँ : माधव नेपाल
एमाले दक्षिणपन्थी अवसरवादीहरूको झुण्ड : माधव नेपाल
बझाङमा नेकपा एसको धरौटी जफत
एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा दाहाल
बिना विभागीय मन्त्रीको शपथ लिएकी लुंगेलीलाई श्रम मन्त्रालयको जिम्मेवारी
कोशीको मुख्यमन्त्रीलाई ३० दिनभित्र विश्वासको मत लिन राजेन्द्र राईको सुझाव