काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक, सांस्कृतिक, राजनीतिक तथा आर्थिकरूपमा ऐतिहासिक विभेदमा परेका दलितलगायत समुदायको संविधानप्रदत्त अधिकारको रक्षा गर्ने विषयलाई अत्यन्तै गम्भीरताका साथ लिएको बताएका छन् ।
प्रतिनिधिसभाका सांसदहरूले सोध्नुभएको प्रश्नहरूको आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले उपेक्षित, उत्पिडित, दलित वर्ग उत्थान विकास समिति, वादी विकास समिति र पिछडा वर्ग उत्थान विकास समितिका समस्याका बारेमा सरकार जानकार रहेको बताए ।
दलित क्षेत्रमा क्रियाशील नागरिक सङ्घसंस्था, नागरिक अगुवा तथा राष्ट्रिय दलित आयोग लगायतका निकायसँगको परामर्शमा दलित विकास प्राधिकरण स्थापना गर्न सरकारले पहल गर्ने पुनः प्रधानमन्त्रीले स्पष्ट पारे। उनले रूकुम पश्चिमको चौरजहारी विमानस्थल सञ्चालन गर्न आवश्यक प्रबन्ध गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकार प्रयत्नशील रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ चैत्र २०८०, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्मा प्रधानमन्त्री प्रचण्डले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुँदै
मेरो विश्वासको मत सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो : प्रधानमन्त्री प्रचण्ड
राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान प्रधानमन्त्री प्रचण्डको आग्रह
संविधानमा माओवादीको सबैभन्दा ठुलो लगानी छ, यसलाई कमजोर बनाउन दिइन्न : प्रधानमन्त्री प्रचण्ड
समाजवादको आधार तयार पार्न सरकार लागिपरेको छ : प्रधानमन्त्री प्रचण्ड
संसद्मा प्रधानमन्त्री प्रचण्डले दिएको जवाफ (पूर्णपाठ)