काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबाट अनुशासनको कारबाहीमा परेका तीन नेताहरूले आफूहरुविरुद्ध अन्यायपूर्ण निर्णय भएको बताएका छन् ।
सहायक महामन्त्री प्रेम बलायर, काठमाडौँ क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष ऋद्धि प्रताप राणा र युवक संगठनका सदस्यसचिव निराजन बमले सोमबार एक सार्वजनिक अपिल जारी गर्दै आफूहरूलाई पार्टीले निलम्बन गरेको घटनाबाट आश्चर्यचकित भएको बताएका छन् ।
पार्टीका नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिटमा संलग्न भएको भन्दै अनुशासन समितिको सिफारिसमा अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरूलाई निलम्बनको निर्णय गरेका थिए ।उनीहरुको अपिलमा २६ गते घटेको घटना प्रति आफूहरुपनि चिन्तित रहेका उल्लेख गर्दै भनिएको छ, ‘२७ गतेका दिन बैठक खानाको निमित्त रोकिएको समयमा एक नेता माथि कसले धकेलाधकेल गर्यो र हातपात गर्यो सो विषय हामीलाई जानकारी छैन।हामी बैठक चलिरहँदा सदाझैँ पार्टी अफिस पुगेका हौँ र त्यहाँ अनियन्त्रित भिडले हाम्रो नेता माथि धकेला धकेल गरिरहँदा मौन बस्न वा हेरिरहन हाम्रो नैतिकताले दिएन । तसर्थ हामी भिडलाई पन्छाउन गएका हौँ ।’ तर घटनामा आफूहरूको कुनै संलग्नता नरहेको उनीहरूको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ चैत्र २०८०, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय
तीनकुने घटनाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ: राप्रपा
झूटा मुद्दा लगाए जनताले तिमीहरूका घर घेर्छन् : ज्ञानेन्द्र शाही
बल्खुमा राप्रपाको खबरदारी सभा (तस्बिरहरु)
बल्खुमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ
राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै