काठमाडौँ । एक महिनामा अवधीमा साढे ६५ हजार नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार फागुन २०८० मा मात्र ६५ हजार ६ सय ५८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् ।
योसँगै चालु आर्थिक वर्ष (आव) २०८०/८१ आठ महिनामा नयाँ तथा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ७१ हजार २ सय १० पुगेको छ । नेपालबाट हरेक दिन औसत २ हजार नेपाली काम खोज्दै बिदेसिने गरेका छन् ।
फागुनमा काम खोज्दै विदेशिनेमध्ये ६ हजार ७ सय ६८ महिला छन् । पछिल्लो तीन महिनायता लगातार ६० हजारभन्दा माथिको संख्यामा नेपाली विदेशिएको तथ्यांकमा देखिन्छ ।
फागुन २०८० मा काम खोज्दै बिदेसिने नेपाली अघिल्लो वर्ष सोही महिनाको तुलनामा केही बढी हो । अघिल्लो वर्ष फागुनमा ६१ हजार ८ सय ४५ नेपाली विदेशिएका थिए ।तथ्यांक अनुसार यो वर्ष आठ महिनामा पौने ५ लाख नेपाली विदेशिएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने केही कम हो ।
अघिल्लो वर्ष आठ महिनामा ५ लाख ४० हजार ६ सय ७५ नेपाली विदेशिएका थिए । गत वर्ष काम खोज्दै विदेश जाने नेपालीको सङ्ख्याले रेकर्ड राखेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ चैत्र २०८०, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली र चिनियाँ भाषामा अनुवादका लागि छनोट भएका २६ पुस्तक चीनमा सार्वजनिक
चाडपर्व नजिकिएसँगै घर फर्कँदै नेपाली
चीनले मे १ देखि नेपालीलाई भिसा शुल्क नलिने
इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाहिर ननिस्किन दुताबासको आग्रह
रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षा र सकुशल उद्धार गर्न गृहमन्त्री लामिछानेको ध्यानाकर्षण
युक्रेन युद्धमा होमिएका थप ७ नेपालीको मृत्यु